• जेष्ठ ८ २०८३, शुक्रबार

राहदानी विभागले प्रत्येक दिन १ हजार ५ सयका दरले अग्रिम अनलाइन फारम खोल्ने

माघ १५ २०७९, आईतवार

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणलाई सहज बनाउनका लागि प्रत्येक दिन १ हजार ५०० का दरले अग्रिम अनलाइन आवेदेन (प्रि–इन्‌रोलमेन्ट) फाराम खोल्ने भएको छ।

हाल कायम रहेको व्यवस्थाले धेरै सेवाग्राहीले फाराम भर्न समस्या भइरहेको भन्ने गुनासो गरेपछि विभागले माघ १६ गतेदेखि १ महिनाका लागि प्रत्येक दिन १ हजार ५०० दरले अग्रिम अनलाइन आवेदन फाराम खोल्ने निर्णय गरेको हो।

विभागले त्यसपछि पनि प्रत्येक दिन १ महिना पछिको थप १ दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने पनि जनाएको छ। अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने विभागले जनाएको छ।