• बैशाख २८ २०८३, सोमबार

सांसदको सिटमा नाम लेख्ने प्रस्ताव

माघ १५ २०७९, आईतवार

काठमाडौं। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रत्येक सांसदको सिटमा नाम (नेम प्लेट) राख्ने प्रस्ताव प्रस्तुत भएको छ ।

आज आइतबार सिंहदरवारमा बसेको मस्यौदा समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।

सांसदको नाम कुर्सीमा लेख्दा हाजिर गरेर हिँड्ने तथा बैठकमा अनुपस्थित हुनेको नाम जनताले थाहा पाउने हुँदा त्यो सार्वजनिक जवाफदेहिताको विषय बन्ने उनको दाबी छ ।