• बैशाख २८ २०८३, सोमबार

गृहमन्त्री चयनका लागि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल जारी

माघ १५ २०७९, आईतवार

काठमाडौं। नयाँ गृहमन्त्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको हो ।

सचिवालयका अनुसार नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उनीहरुबीच छलफल भइरहेको छ ।

सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैर नेपाली नागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ । लामिछानेले आईतवार नेपाली नागरिकता फेरि प्राप्त गरेका छन् ।