• जेष्ठ ८ २०८३, शुक्रबार

नक्कली मदिरा कारखाना सञ्चालन गरेको आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

माघ १५ २०७९, आईतवार

काठमाडौं । नक्कली मदिरा कारखाना सञ्चालन गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेका तीनै जना कारोबारीलाई सार्वजनिक गरेको हो।

ललितपुरको महालक्ष्मीमा उनीहरुले नक्कली मदिरा कारखाना नै सञ्चालन गरेको पाइएको छ। उनीहरुले खुकुरी रम, रुस्लान भोड्कादेखि ब्ल्याक लेभलसम्म नक्कली बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ।