काठमाडौं । रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनःप्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुन सभापति बनाउने भएको छ । आज केन्द्रीय समितिको बैठक बसेर लामिछानेलाई सभापति बनाउने तयारी गरेको छ ।
दिउँसो ३:३० बजे केन्द्रीय समिति बैठक बोलाइएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अबैध ठहर गर्दै सांसद पद नरहने फैसला गरेसँगै रास्वपाको कार्यबाहक सभापतिमा डीपी अर्याललाई बनाइएको थियो । साथै अर्याललाई संसदीय दलको जिम्मेवारी समेत दिइएको थियो ।