• जेष्ठ ८ २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलमा एक घण्टादेखि जहाज उडान रोकियो, यस्तो छ कारण

माघ १४ २०७९, शनिबार

काठमाडौं। त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ ।

अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले फ्लाई दुबई, इन्डिगो एयर , एयर इन्डिया लगायत ५६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएकोजानकारी दिए ।

अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।