• जेष्ठ ८ २०८३, शुक्रबार

१ थान पेस्तोल, भरुवा बन्दुक र २ राउण्ड गोलीसहित २ जना प्रहरी नियन्त्रणमा

माघ १४ २०७९, शनिबार

अछाम । अछामको चौरपाटी गाउँपालिका ४ कालिगाडी बस्ने ललित बहादुर कुँवरलाई भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै धनुषा, मिथिला नगरपालिका २ नकटाझिझ चोकबाट माउजर पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरेको म्याग्जीन १ थानसहित सोही नगरपालिका ७ बस्ने २८ वर्षीय

रौशन महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।