• बैशाख २८ २०८३, सोमबार

नेकपा (बहुमत) निकट युवा संगठनले अवैध क्रसर उद्योगमा टाँग्यो कालो ब्यानर

माघ १३ २०७९, शुक्रबार

धनगढी । नेकपा (बहुमत) निकट युवा संगठन जनस्वयमसेवक, नेपालले कञ्चनपुरको एक क्रसर उद्योगमा कालो ब्यानर टाँगेको छ । सो संगठनको कञ्चनपुर शाखाले बेदकोट नगरपालिका-७ मुसेपानीमा रहेको क्रसर उद्योगमा कालो ब्यानर टाँसेको हो ।

युवा जनस्वयमसेवक कञ्चनपुरका इन्चार्ज दिपेन्द्रसिंह ऐरीले बन्दना भगवती निर्माण सेवाले संचालन गरेको क्रसर उद्योग अवैध भएको भन्दै हटाउन ७ दिने अल्टिमेटम सहित ब्यानर टाँगेको बताए ।

केही समय अघि प्रशासनले समेत क्रसर उद्योग अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश क्रसर उद्योगहरु अवैधरुपमा चलाइएका र मापदण्ड विपरित संचालन गरिएकोले कारवाहीस्वरुप ३ दिनसम्म बन्द गराइएको थियो ।