• कार्तिक २१ २०८३, शुक्रबार

काठमाडौँमा प्रहरीमाथि आक्रमण गरी भाग्न खोज्नेलाई गोली हानेर नियन्त्रणमा लिइयो

कार्तिक २१ २०८३, शुक्रबार

काठमाडौँ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका ३ गाम्चामा प्रहरीमाथि आक्रमण गरि भाग्न खोज्ने एकजनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ करिव पौने ७ बजे गोली प्रहार गरी नियन्त्रणमा लिइएका सुजन तामाङले सस्तोमा डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा तामाङको घुँडामुनि गोली लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।