काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने निर्णय लिएको एक पदाधिकारीले बताए ।
दुई दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोधेका थिए ।
धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न दाहाललाई सुझाव दिएका थिए ।