• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

माघ १३ २०७९, शुक्रबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पनि बस्ने भएको सचिव देवेन्द्र पौडेलले बताए ।

हिजो बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।

आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।