काठमाडौं । उपप्रधान मन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने पक्षमा रहेको बताएका छन् ।
रुपन्देहीमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै लिङ्देनले पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताए ।
उनले जगदगुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूणर् सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।