• जेष्ठ ८ २०८३, शुक्रबार

तीन दिनको मौसम : कुन प्रदेशमा हुँदैछ बदली?

माघ १२ २०७९, बिहीबार
काठमाडौँ । पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका केही भूभागको मौसममा बदली भएको छ।

मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आज प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

भोलि पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

पर्सि राती प्रदेश १ , गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ।