• बैशाख २८ २०८३, सोमबार

आत्मदाह गरेका आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने

माघ ११ २०७९, बुधबार

काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निणर्य गरेको हो ।

त्यसको जिम्मा गृह मन्त्रालयलाई दिइएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गरेपछि तथ कदमहरू अगाडि बढाउने बताए ।

‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निणर्य भएको छ । प्रहरीमार्फत सत्यतथ्य छानबिन गर्छौ । त्यही आधारमा आगामी कदमहरू अगाडि बढ्नेछन्,’ उनले भने ।

गृह मन्त्रालयले आजैदेखि छानबिनको काम अगाडि बढाउने बताए । आचार्यले हिजो मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा आज बिहान निधन भएको थियो ।

उनले आफ्नै शरीरमा आगो लगाउनु अघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट लेखेका थिए । जसले उनले आफूले आत्मदाहको गर्नुको कारण र राज्यले चाल्नुपर्ने कदमका विषयमा लेखेका थिए । सोही आधारमा सरकारले छानबिन गर्ने निणर्य गरेको हो ।