काठमाडौं । नेपाली सेनाका जवान काठमाडाैंकाे एक गेष्ट हाउसमा मृत फेला परेका छन् ।रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन् ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए । मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।