• बैशाख २८ २०८३, सोमबार

बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने

माघ ११ २०७९, बुधबार

हेटौँडा । बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

१४ मन्त्रालय रहेको बागमतीमा ११ मन्त्रालयमा कायम राख्ने निर्णयसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

बागमती प्रदेशमा गत पुस २६ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री निर्वाचित भएका थिए ।

प्रदेश प्रमुखका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय घटाउने सुझाव दिएको थियो ।