काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद राघुविर महासेठले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई ‘अपराधी’ भनेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै महासेठले महतोको बचाउ गरेका हुन्।
यस्तै, महासेठले कोइरीको मुद्धामा एमालेले कुनै हस्तक्षेप नगर्ने भन्दै उनलाई लागेको मुद्धामा भने कुनै सत्यता नरहेको दाबी गरे।
यस्तै, महतो पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरीले हिरासतमा लिएको शंका गर्दै सार्वजनिक गर्न महासेठले माग गरेका छन्।