• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकाको क्यालिफोर्नियामा फेरी गोली चल्यो, ७ जनाको मृत्यु

माघ १० २०७९, मंगलवार

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको पछिल्लो गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो ।

सोमबार फेरि हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट खेतमा काम गर्ने चिनियाँ मजदुरहरु मारिएका छन् ।