काठमाडौं। बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरेको छ।
सोमबार माइतीघरबाट र्यालीसहित अगाडि बढिरहेको बेला खानसहितका अभियन्ताहरूलाई प्रहरीद्वामरा पक्राउ गरिएको हो।
बबरमहल अगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ ।
अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।
निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले बताएका छन्।