• बैशाख २८ २०८३, सोमबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

माघ ९ २०७९, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

सोमबार बिहान ९:३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए।

कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ। स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई पूर्णता दिने तयारी गरिएको हो।

यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि कुराकानी गर्ने तयारी गरेका छन्। माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ।