• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

माघ ९ २०७९, सोमबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । घिमिरे बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।