• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकामा फेरि गोली चल्यो, नयाँ वर्ष मनाइरहेका १० जना मारिए

माघ ८ २०७९, आईतवार

वासिङ्टन डिसी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ । यस्तै १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ ।

स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्यस्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ । लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार शनिबार राति सवा १० बजे घटना भएको थियो ।

‘खबर पाएपछि अधिकारीहरू त्यसस्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए,’ उनले भने, ‘मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो ।

१० जना घटनास्थलमा मृत फेला परेका थिए ।’ यस घटनाका आरोपी फरार छन् । उनलाई प्रहरी खोजिरहेको छ ।