काठमाडौं । प्रतिनिधिसभाको चौथो बैठकमा उपसभामुखको निर्वाचन हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्ता गठबन्धनको तर्फबाट सांसद सोविता गौतमले इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्ने र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी सांसद नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्ने कार्यसूची रहेको छ ।
यस्तै प्रतिपक्षी दलका तर्फबाट बद्रीप्रसाद पाण्डेले मुक्ता कुमारी यादवलाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्ने र सांसद मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी गराएका छन् ।