• फाल्गुन २७ २०८२, बुधबार

सन् २०२२ मा सर्वाधिक गर्मी, ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड

माघ ७ २०७९, शनिबार

एजेन्सी । लन्डन(बेलायतको मौसम कार्यालयले मानव–प्रेरित जलवायु परिवर्तनले देशको मौसम ढाँचामा कसरी प्रभाव पारेको छ भन्ने प्रकाश पार्दै सन् २०२२ संयुक्त अधिराज्यका लागि रेकर्डमा सबैभन्दा तातो वर्ष भएको जनाएको छ ।

यस वर्ष बेलायतको वार्षिक औसत तापक्रमले सन् २०१४ मा निर्धारण गरेको अघिल्लो रेकर्ड उछिनेको छ जतिबेला ९ दशमलब ८८ डिग्री सेल्सियस थियो ।

हरितगृह ग्यास उत्सर्जन सुरु भएपछि सन् १८८४ देखि रेकर्ड राख्ने काम भएको हो । सन् २००२ देखि हरेक १० वर्षमा सबैभन्दा बढी वार्षिक तापक्रम भएको मौसम विभागले जनाएको छ ।

बेलायतले पहिलो पटक जुलाईमा लिंकनशायरको कोनिङस्बीमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरेको थियो ।