• जेष्ठ ८ २०८३, शुक्रबार

मौसम पूर्वानुमान : काठमाडौंमा अत्याधिक चिसो, आजको तापक्रम ३.८ डिग्री सेल्सियस

माघ ७ २०७९, शनिबार

काठमाडौं । मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश र प्रदेश १ को हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

राति देशका विभिन्न ठाउँमा मौसममा बदली आए पनि वर्षा र हिमपातको सम्भावना छैन । शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन भएको छ ।