• बैशाख २८ २०८३, सोमबार

भोट माग्दा गरेको बाचाहरूको हेक्का छ,फरार अपराधी सबै समातिन्छन्: गृहमन्त्री लामिछाने

माघ ७ २०७९, शनिबार

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेको बाचाहरूको हेक्का रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भोट माग्दा गरेको बाचाहरूको हेक्का रहेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले अपराधिक गतिविधिमा संलग्न अपराधीलाई पक्राउ नगरेको भन्दै आलोचना भएपछि उनले अपराधिक मुद्धामा फरार रहेका पुराना अपराधीलाईमात्र नभई नयाँ अपराधीहरू फरार हुन नपाउन भन्ने कुराको हेक्का रहेको बताए ।

उनले मिडियाको हेडलाइन बदल्न नसके पनि जनताको लाइफलाइन बदल्न मेहनत गर्दै गरेको बताए ।

उनले लेखेका छन्,‘पुराना‘ फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ। हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरूको हेक्का छ। मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ। थोरै पर्खिनु चाहिँ पर्छ ।’