• बैशाख २८ २०८३, सोमबार

रास्वपाबाट इन्दिरा रानाले गराईन् उपसभामुखमा उम्मेदवारी दर्ता, सोविता गौतमको नाम हटाइयो

माघ ६ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । रानामगरले शुक्रबार अपरान्ह उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

रानामगरलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देन समर्थन गरेका छन् । यसअघि रास्वपाबाट सोविता गौतमको नाम उपसभामुखका लागि चर्चामा थियो । दलहरुबीचको भागबण्डाका कारण गौतमको सट्टा रानालाई ल्याइएको बताइएको छ ।