• बैशाख २८ २०८३, सोमबार

सभामुख घिमिरेले आजै गोपनीयताको शपथ तथा पदभार ग्रहण गर्ने

माघ ६ २०७९, शुक्रबार

काठमाडौं । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । आज (शुक्रबार) बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ ।

शपथ लिएलगत्तै उनी लैनचौरमा रहेको सहिद स्तम्भमा माल्र्यापण गर्न जाने भएका छन् । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए । २६८ सांसद उपस्थित भएकामा उनले १६७ मत प्राप्त गरेका थिए । उनको विपक्षमा १०७ मत परेको थियो ।