काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जोखबहादुर महरालाई मातृशोक परेको छ । महराकी ९७ वर्षीया आमा रमिता महराको आज काठमाडौंमा निधन भएको हो ।
मृतक महराको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कारमा उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी‘सोनाम’, पोलिट्ब्यूरो सदस्य झक्कु सुवेदी, स्थायी समिति सदस्य जयपुरी घर्ती, पोलिट्ब्यूरो सदस्य श्रीराम ढकाल लगायत माओवादी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको केन्द्रिय सदस्य गीता गहतराजले जानकारी दिइन् ।
आज दिवंगत भएकी महराले माओवादी जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि गहतराजले बताइन् ।