• बैशाख २८ २०८३, सोमबार

रास्वपाका सांसद सोविता गौतमलाई उपसभामुख बनाउने तयारी

माघ ५ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

‘उपभामुख हाम्रो पार्टीबाट बनाउने फिक्स भइसकेको छ’ रास्वपाका एक नेताले भने, ‘कसलाई बनाउने भन्ने विषयमा पात्र टुंगो लागेको छैन । हामीले भोलिसम्म फाइनल गछौं ।’

कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनु पर्ने मत बलियो हुँदै आएको छ । शुक्रबार रास्वपाले आधिकारिक निणर्य गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं-२ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् ।