• जेष्ठ ८ २०८३, शुक्रबार

काठमाडौंमा युवकले आफ्नै जिउमा आगो लगाए, त्यसपछि के भयो ?

माघ ५ २०७९, बिहीबार

काठमाडौं। काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले तत्काल उनको उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जानकारी दिए ।

उनका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।

घटनाको कारण अझैँ खुल्न बाँकी छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।