• बैशाख २८ २०८३, सोमबार

पञ्चायतकालदेखिका प्रधानमन्त्री, मन्त्री र उच्चपदस्तहरुको सम्पति छानबिन गरौं : सांसद सुवाल

माघ ५ २०७९, बिहीबार

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पञ्चायतकादेखिका प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीको सम्पत्ति छानविन गर्न प्रस्ताव गरेका छन् । संसदमा बोल्दै सुवालले अहिलेका बहालवाला मन्त्री स्वार्थ बाझिनेगरी मन्त्रालयको जिम्मा भएको भन्दै प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

‘सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएकाले पञ्चायत कालदेखिका प्रधानमन्त्री मन्त्री, उच्च अधिकारीको सम्पति छानबिन गरी दोषीलाई कारवाही गर्न छानविन समिति गर्न गर्नुपर्छ’ सुवालले भने, ‘आजको एक दैनिकमा ५७ अर्ब मन्त्री पाण्डेको कम्पनीको नाममा र श्रममन्त्री अर्याल प्रश्नै प्रश्नको घेरामा भएको कुरा उल्लेख गरिएको छ । यस बारेमा प्रधानमन्त्री समय दिएर स्पष्ट पार्न सभामुखसँग आग्रह गर्दछु ।’

अहिलेको संसदलाई प्रभावकारी बनाउनुपर्ने सुवालले बताए । ‘संसदलाई हुन्छ वा हुन्न भन्ने थलो र सरकारलाई रबर स्ट्याम्प बनाइनु हुँदैन । संसदलाई प्राज्ञिक थलो बनाउन जरुरी छ’ सुवालले भने, ‘आफूलाई राजावादीको राजतन्त्र दाबी गर्नेहरुले राजाको उपस्थितले शान्ति र सुरक्षा हुने अरु देशको तुलनामा आर्थिक समृद्धि हुने दाबी गरेका छन् । गणतन्त्र दाबी गर्नेहरुले समाजवादी गणतन्त्र हो वा पुँजीवादी गणतन्त्र हो स्पष्ट गर्न जरुरी छ ।’