काठमाडौं । स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित पर्सा प्रहरीले वीरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको स्कुटरमा सवार उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले ठूलो परिमाणमा नगद फेला पारेको थियो ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र वीरगञ्ज–१८ ईनर्वा मनियारी बस्ने १९ वर्षीय सुवास कुमार साह छन् ।
मंगलबार दिउँसो वीरगञ्जको घण्टाघर क्षेत्रमा भारतीय नम्बर प्लेट बीआर–०५–एई ९३४३ को स्कुटरमा सवार उनीहरुलाई प्रहरीले शंकाको आधारमा चेकजाँच गरेको थियो ।