काठमाडौं । प्रतिनिधि सभाको सभामुखका लागि नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार दिउँसो संघीय संसद् भवन, नयाँ बानेश्वर पुगेर घिमिरेले उभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
घिमिरे प्रतिनिधि सभाको सभामुखमा सत्ता साझेदार दलका साझ उम्मेदवार हुन् । उनलाई नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सत्ता साझेदार दलहरुको समर्थन छ ।
घिमिरेको प्रस्तावक एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् । यस्तै, समर्थक नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् । घिमिरेको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् संसदीय दलका नेता रवि लामिछाने पनि छन् ।