सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुखका पदमा लागि बुधबार नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनले आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा सचिवालयमा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराउन तयारी गरेकी छन् भने सत्तारूढ दलबाट नेकपा (माओवादी केन्द्र)का यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।
उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ ।