काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी राख्ने बताएका छन् ।
आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले ‘म्याराथन दौडमा कुंदेको खेलाडीको नतिजा अन्तिममा आउने’ भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको बताए ।
‘स्वाभिमानीपूर्वक पार्टी उठाउँछौँ, उठ्छ । निर्वाचनमा ठूलो अपेक्षा थिएन तर पनि सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरतापूर्वक लिएका छौँ,’ उनले भने ।
राजेन्द्र लिङ्देप्रति लक्षित गर्दै थापाले सत्ता केन्द्रित राजनीति नगर्ने, सत्तामा नजाने, अब सिद्धान्त केन्द्रित राजनीति गर्ने भन्नेहरूले हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डालाई ‘डिपफ्रिज’मा राखेर सत्तारोहण गरेको आरोप लगाए ।