• मंसिर १५ २०८१, शनिबार

गोप्य सूचनाका आधारमा झण्डै डेढ लाख घुसहित समातिए इन्जिनियर साह

माघ ३ २०७९, मंगलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । साहले निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग एक लाख ४० हजार घुस मागेको गोप्य सूचना तथा लिखित निवेदनका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

उनी करारमा नियुक्त भएका इन्जिनियर हुन् । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार उनको साथबाट नगद एकलाख ४० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा इटहरीबाट खटिएको अख्तियारको टोलीले मंगदबार दिउँसो २ बजेतिर नगरपालिकाको कार्यालयमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई योजनाको फाइलसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो ।