काठमाडौं । डा.सन्दुक रुइतलाई १० लाख डलरको पुरस्कार दिइने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कार यो वर्ष उनलाई दिन लागिएको हो ।
मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कार २०१३ देखि दिन थालिएको थियो ।