• जेष्ठ ८ २०८३, शुक्रबार

दाजूलाई टाउकोमा लाठीले हानेर हत्या गर्ने जगत गौचन पक्राउ

माघ ३ २०७९, मंगलवार

काठमाडौं । नुवाकोटमा आफ्नै दाइको हत्या गरेको अभियोमा एक जना पक्राउ परेका छन् । ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरि हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका–९ नलगाउँ बस्ने ३२ वर्षीय इन्द्रसिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इन्द्रसिंहले मादक पदार्थ सेवन गरी घरायसी विवादमा झगडा हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।