• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै

माघ ३ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ । आज (मंगलबार) दिउँसो ४ बजे उक्त बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सर्वदलीय बैठक बस्नेछ । सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्ने बैठकको एजेण्डा रहेको छ ।