काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए ।
ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।
प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।
काठमाडौंबाट पोखरा उडेको यति एयरको एटिआर विमान आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा चालक दलका चार सदस्य र ६८ यात्रु थिए। सबैको मृत्यु भएको थियो ।