• जेष्ठ ८ २०८३, शुक्रबार

२५० ग्राम अवैध लागूऔषधसहित एक जना पक्राउ

माघ २ २०७९, सोमबार

सर्लाही । सर्लाहीमाको बागमती नगरपालिका–४ डाबरी टोलबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (आइतबार) अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय वीर बहादुर डिमडुङ रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको  प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।