• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डसँग ओलीको भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

माघ २ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन ।