• जेष्ठ ८ २०८३, शुक्रबार

आज शोक बिदासहित राष्ट्रिय झण्डा आधा झुकाइने

माघ २ २०७९, सोमबार

काठमाडौं । सरकारले  आइतबार पोखरामा भएको विमान दुर्घटनाको दुःखमा आज शोक बिदा दिएको छ ।

दुर्घटनापछि बसेको आइतबारको आकास्मिक मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा दिइएको हो भने राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर-७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो ।