• जेष्ठ ८ २०८३, शुक्रबार

जहाज दुर्घटनामा मृत्यु भएका मध्ये ५ जनाको सनाखत

माघ १ २०७९, आईतवार

काठमाडाैं ।  पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये ५ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाका अनुसार सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया रहेका छन् ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य सवार थिए ।