• जेष्ठ ८ २०८३, शुक्रबार

लोकगायिका नीरा छन्त्याल पनि परिन् पोखरा विमान दुर्घटनामा

माघ १ २०७९, आईतवार

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्नेमा एकजना लोकगायिका नीरा छन्त्याल पनिरहेकी छिन् । उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा जाँदै थिइन् । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परि हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सेती नदीको खोंचबाट शव निकाल्ने क्रम चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए । केसीका अनुसार शवहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।
आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ । एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो । के भएको रहेछ भनेर म घरको छतमा गएँ । छिमेकी दाइभाउजु भने जहाज दुर्घटना भएको भनेर कराउँदै थिए । उनीहरूले जहाज दुर्घटना हुनुभन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन् । मेरो घरबाट ५ मिनेटको दूरीमा दुर्घटना स्थल पर्छ । हामी पुग्दा स्थानीयले जहाजमा पानी हाल्दै थिए ।

जहाज सेतीको खोंचमा खसेको छ । बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं । केहीबेरमा सेना, प्रहरी, दमकल आएर उद्धार गर्न थाले । मैले देखे अनुसार जहाजमा रहेकाहरू बाँच्ने सम्भावना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ । जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको देखिन्छ । जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ । दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ । त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ ।

बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो। अहिले १२ बजेसम्म पनि उद्धार कार्य जारी छ । प्रहरी र सेनाले डढेका शव निकाल्दै छन् । त्यस्तै काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो । ‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्यो,’ उनले भने,’ठूलो आवाज आयो । दुर्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए ।

‘घटना ठ्याक्कै १०ः५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो,’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खोंचमा दुर्घटना भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ । जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिका सहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एनएएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

पोखरामा आइतबार दुर्घटनामा परेको नाइन एनएएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो । यसैबीच पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि गृहमन्त्री रवि लामिछानेले उद्धारमा खटिन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।