• जेष्ठ ८ २०८३, शुक्रबार

पोखरा विमान दुर्घटना: घटनास्थलबाट दुई जनाको जीवितै उद्धार

माघ १ २०७९, आईतवार

काठमाडौं । यती एअरको विमान दुर्घटनास्थलबाट २ जनाको जिवितै उद्धार गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बराबलले दुई जनाको जिवितै उद्धार गरिएको बताए।

जिवितै उद्धार गरिएका दुई जनालाई उपचारका लागि गण्डकी अस्पतालमा पठाइएको छ। यसरी उद्धार हुनेमा सेती खोँचमा माछा मार्न गएका व्यक्ति भएको खुलेको छ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार उनीहरु विमान दुर्घटना हुनुअघि उक्त क्षेत्रमा माछा मारिरहेका थिए।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो।