• जेष्ठ ८ २०८३, शुक्रबार

पूर्वराजा शाहद्वारा विमान दुर्घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त

माघ १ २०७९, आईतवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शाहले विमान दुर्घटनामा परि जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको हो ।

पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए ।