काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि काठमाडौंबाट देशभरको उडान प्रभावित बनेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनापछि पोखरा विमानस्थलसहित देशभरका सबै उडान स्थगित गरिएको जानकारी दिए।