• जेष्ठ ८ २०८३, शुक्रबार

एमाले अध्यक्ष ओलीद्वारा विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रभावकारी उद्दार गर्न माग

माघ १ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको विमान दुर्घटनाबारे दु:ख व्यक्त गरेका छन्।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखरामा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनापछि अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु। दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’